फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ। यो अवधि मतदान सम्पन्न नहुँदासम्म कायम रहनेछ।
मौन अवधि सुरु भएपछि कुनै पनि राजनीतिक दल, उम्मेदवार वा तिनका समर्थकले कसैको पक्ष वा विपक्षमा प्रचार गर्न, भोट माग्न वा प्रचार सामग्री प्रसार गर्न पाउने छैनन्। सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी जस्ता कार्यक्रमसमेत निषेध गरिएको छ। सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट प्रचारात्मक सामग्री पोस्ट वा शेयर गर्न पनि रोक लगाइएको छ।
निर्वाचन आचारसंहिताअनुसार मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ। शान्त र निष्पक्ष वातावरणमा मतदान सम्पन्न गराउने उद्देश्यले मौन अवधि लागू गरिएको हो।
आयोगले सबै दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
प्रतिक्रिया