logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • सिरहा–३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय पठाइँदै

    सिरहा–३ का जसपा नेपाल उम्मेदवार अशेश्वर यादवलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय पठाइँदै

    जनता समाजवादी पार्टी (जसपा) नेपालका सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार अशेश्वर यादवलाई थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकले पछिल्लो जानकारी दिँदै यस्तो बताएका हुन्।
    एसपी पाठकका अनुसार घटनापछि उम्मेदवार यादवसहित नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक प्रक्रिया पूरा गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने तयारी भइरहेको छ। उनले सिरहा जिल्लामा हालसम्म कुनै अनौठो वा अप्रिय घटना नभएको र अवस्था सामान्य रहेको पनि जानकारी दिए।
    यसअघि मौन अवधिका बेला नगदसहित पक्राउ परेका यादवलाई प्रहरीले संयुक्त चेकजाँचका क्रममा नियन्त्रणमा लिएको थियो। नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई शिवचोकमा रोकेर जाँच गर्दा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरी स्रोतले जनाएको छ।
    प्रहरीका अनुसार गाडीमा सवार पाँच जनालाई नियन्त्रणमा लिइएको छ। नगदसहित केही कागजात तथा सामग्रीसमेत फेला परेको दाबी गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
    निर्वाचनको पूर्वसन्ध्यामा भएको यो घटनाले सिरहा क्षेत्र नम्बर ३ मा राजनीतिक हलचल बढाएको छ। यद्यपि सुरक्षा अवस्था सामान्य रहेको र मतदान प्रक्रियामा कुनै असर नपर्ने एसपी पाठकको भनाइ छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ फाल्गुन २०, बुधबार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP