जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि मतगणना स्थल तयार पारिएको छ। मतगणना स्थलहरूमा तार–जाली लगाउने, सुरक्षा व्यवस्था कडा पार्ने लगायतका तयारी पूरा गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार मतगणनाका लागि सबै तयारी सकिएको छ। मतदानपछि मतपेटिका सम्बन्धित स्थलमा पुगेलगत्तै सर्वदलीय बैठक तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी आजैदेखि मतगणना सुरु गरिने उनले जानकारी दिए।
जिल्लामा क्षेत्र नम्बर १ को मतगणना लहान नगरपालिकाको सभाहलमा, क्षेत्र नम्बर २ को धनगढीमाई नगरपालिकाको कार्यालयमा, क्षेत्र नम्बर ३ को सिरहा नगरपालिकाको कार्यालयमा र क्षेत्र नम्बर ४ को मिर्चैयास्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा गर्ने व्यवस्था मिलाइएको छ।
प्रतिक्रिया