logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • अधूरा विद्यालय संरचना पूरा गर्न मधेश प्रदेश सरकारको आह्वान, १५ दिनभित्र विवरण बुझाउन निर्देशन

    अधूरा विद्यालय संरचना पूरा गर्न मधेश प्रदेश सरकारको आह्वान, १५ दिनभित्र विवरण बुझाउन निर्देशन

    मधेश प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालयले विद्यालय क्षेत्रमा विगतदेखि अधूरा रहेका भौतिक संरचनाहरू सम्पन्न गरी उपयोगमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ।
    मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशभित्रका विभिन्न निकायमार्फत निर्माण सुरु भएर पनि पूरा हुन नसकेका विद्यालयका संरचनाहरूको काम टुंग्याउन आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको हो। सूचनाअनुसार सम्बन्धित विद्यालयहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा सम्पर्क गरी आवश्यक कागजात पेश गर्नुपर्नेछ।


    मन्त्रालयले माग गरेको कागजातहरूमा अधूरा संरचनाको हालको अवस्थाका रंगिन फोटो, काम सम्पन्न गर्न लाग्ने अनुमानित बजेटसहित इन्जिनियरले तयार पारेको लागत विवरण तथा वडा कार्यालयको सिफारिस समावेश छन्।
    मन्त्रालयका अनुसार अधूरा संरचनाहरू पूरा गरी शिक्षण–सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले यो प्रक्रिया सुरु गरिएको हो। सम्बन्धित विद्यालयहरूले तोकिएको समयभित्र आवश्यक विवरण नबुझाएमा थप प्रक्रिया प्रभावित हुन सक्ने जनाइएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८३ बैशाख ३, बिहीबार १९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP