बालेन्द्र शाह (बालेन) को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ। नवगठित मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समावेश गरिएका छन्।
नवनियुक्त प्रधानमन्त्री बालेनसहित सबै मन्त्रीहरूले आजै शपथ ग्रहण गर्ने तयारी गरिएको छ। प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेनले रक्षा तथा उद्योग मन्त्रालयको जिम्मेवारी समेत आफैंसँग राख्ने भएका छन्।
मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्ले लाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, सोविता गौतम कानुन मन्त्री बनेकी छन् भने शिशिर खनाल लाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङ लाई दिइएको छ भने ऊर्जा मन्त्रालयको नेतृत्व विराजभक्त श्रेष्ठ ले सम्हाल्ने भएका छन्। सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल लाई दिइएको छ भने सञ्चार मन्त्रालयको जिम्मेवारी विक्रम तिमिल्सिना ले पाएका छन्।
त्यसैगरी, महोत्तरीका दीपक साह श्रम मन्त्री बनेका छन्। शिक्षा मन्त्रालय सस्मित पोखरेल लाई दिइएको छ भने पर्यटन मन्त्रालय गणेश पौडेल ले सम्हाल्ने भएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता वादी लाई दिइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी निशा मेहता ले पाएकी छन्।
नवगठित मन्त्रिपरिषद्ले समावेशीता र नयाँ राजनीतिक अभ्यासलाई प्राथमिकता दिएको सन्देश दिएको विश्लेषण गरिएको छ।
प्रतिक्रिया