logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक ‘मापसे–लापसे’ जाँचको माग

    प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक ‘मापसे–लापसे’ जाँचको माग

    श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मको दैनिक ‘मापसे’ (मादक पदार्थ सेवन) र ‘लापसे’ (लागु पदार्थ सेवन) जाँच गर्नुपर्ने बताएका छन्।
    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारमा रहेका उच्च पदाधिकारीहरूको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गरेका हुन्। प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे र लापसे चेकजाँच दैनिक गरिनु पर्दछ, सांसदहरूको पनि गर्नु पर्छ, उनले लेखेका छन्।


    उनले यस्तो जाँचलाई व्यक्तिगत व्यवहारसँग मात्र नभई देशको समग्र स्वास्थ्य र सुशासनसँग जोडेर हेर्नुपर्ने बताएका छन्। सार्वजनिक पदमा रहेका व्यक्तिहरू अनुशासित र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै उनले यसले राज्य सञ्चालनमा पारदर्शिता र विश्वास बढाउने दाबी गरेका छन्।
    साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले उनको प्रस्तावलाई अनुशासन र जवाफदेहिताको पक्षमा रहेको भन्दै समर्थन गरेका छन् भने केहीले यसलाई कार्यान्वयनका दृष्टिले चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन्।
    हालसम्म सरकारका तर्फबाट यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ चैत्र १५, आईतवार ०८:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP