logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • आजदेखि एसईई परीक्ष सुरु, सामूहिक अनुगमनमा रोक

    आजदेखि एसईई परीक्ष सुरु, सामूहिक अनुगमनमा रोक

    माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि सञ्चालनमा आएको हो।
    पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। यस वर्षको एसईई परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुने तालिका छ।
    राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने व्यवस्था मिलाएको छ। साथै, परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जनाएको छ।
    परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन प्रत्येक परीक्षा केन्द्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ। प्रत्येक केन्द्रमा १५ जना प्रहरी खटाइएको छ भने एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र थप दुई कर्मचारी परिचालन गरिएको छ।
    सामूहिक अनुगमनमा रोक
    यस वर्ष एसईई परीक्षामा सामूहिक अनुगमनमा रोक लगाइएको छ। परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंस्थाका प्रतिनिधि हलभित्र प्रवेश गर्दा परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो।
    अनुगमन कार्यलाई व्यवस्थित बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ चैत्र १९, बिहीबार ०८:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP