राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ। आन्तरिक प्रतिस्पर्धा र प्राइमरी निर्वाचनमा उच्च अंक ल्याएकालाई पन्छाएर कमजोर अंक ल्याएकालाई अगाडि राखिएको आरोप पार्टीभित्रैबाट उठेको हो।
पार्टी सदस्यहरूका अनुसार विधि र पारदर्शिताको माग गर्दा नेतृत्वबाट समानुपातिक सूचीबाट राजीनामा दिन र पार्टी छाड्न दबाब दिइएको छ। आदिवासी जनजाति कोटाबाट पहिलो स्थानमा रहेकी टासी ल्याजोम शेर्पाको नाम हटाइएको विषय पनि विवादमा परेको छ। शेर्पाले आफूले नाम फिर्ता नलिएको भन्दै प्रश्न उठाएकी छन्।
यस विषयमा केन्द्रीय अनुशासन आयोगमा निवेदन दर्ता भइसकेको छ। विधि र आन्तरिक लोकतन्त्रको दाबी गर्ने रास्वपामा नेतृत्वको शैलीलाई लिएर असन्तुष्टि बढ्दै गएको देखिएको छ।
प्रतिक्रिया