logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • आचारसंहिता कडाइका साथ कार्यान्वयनमा, उल्लङ्घनकर्तामाथि निगरानी बढ्यो

    आचारसंहिता कडाइका साथ कार्यान्वयनमा, उल्लङ्घनकर्तामाथि निगरानी बढ्यो

    आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयनमा ल्याएको छ। आयोगका अनुसार निर्वाचन आचारसंहिता २०८२ लागू भएसँगै त्यसको उल्लङ्घन नियन्त्रण गर्न गतिविधि तीव्र पारिएको हो।
    निर्वाचनको वातावरण बिगार्ने गरी मिथ्या, भ्रमपूर्ण वा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि निगरानी बढाइएको आयोगले जनाएको छ। यस्ता गतिविधिमा संलग्न देखिए कानुनअनुसार कारबाही गर्न सम्बन्धित नियामक निकायसँग सहकार्य भइरहेको पनि आयोगको भनाइ छ।
    निर्वाचनको मर्यादा र स्वच्छतामाथि प्रश्न उठ्ने कुनै पनि गतिविधि भए आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ माघ १७, शनिबार ०९:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP