logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • ७ लाखभन्दा बढी मत घटेपछि नेकपामा हलचल: प्रचण्डको चेतावनी—“केन्द्रीय सदस्यबाटै कारबाही सुरु हुन्छ”

    ७ लाखभन्दा बढी मत घटेपछि नेकपामा हलचल: प्रचण्डको चेतावनी—“केन्द्रीय सदस्यबाटै कारबाही सुरु हुन्छ”

    फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ लाखभन्दा बढी मत घटेको विषयलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीर समीक्षा र छलफल सुरु भएको छ। निर्वाचन परिणाममार्फत निर्णायक शक्ति बन्ने आन्तरिक मूल्याङ्कन असफल भएपछि पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रबाट वस्तुगत रिपोर्ट संकलन गर्न तल्ला समितिहरूलाई निर्देशन दिएको छ।
    फागुन २८ गते काठमाडौंस्थित पेरिसडाँडामा बसेको निर्वाचन परिचालन समितिको बैठकले चुनावी परिणामबारे प्रारम्भिक समीक्षा गर्दै अपेक्षाअनुसार नतिजा नआएको निष्कर्ष निकालेको थियो। तीन वर्षको अवधिमा प्रत्यक्षतर्फ १० सिट गुमाउनुका साथै समानुपातिकतर्फ ७ लाखभन्दा बढी मत घटेपछि पार्टी नेतृत्व झन् दबाबमा परेको देखिन्छ।
    पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै आक्रोश व्यक्त गरेका छन्। जिल्ला–जिल्लाबाट आएका रिपोर्टमा केन्द्रीय तहका नेताहरूले समेत राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ मत हालेको संकेत भेटिएको भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।
    बिहीबार पेरिसडाँडामा आयोजित जनवर्गीय संगठनहरूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सबै निर्वाचन क्षेत्रबाट ठोस र यथार्थपरक रिपोर्ट प्राप्त भएपछि कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिए। “कारबाही केन्द्रीय सदस्यबाटै सुरु हुन्छ,” उनले स्पष्ट पारे।
    पार्टीभित्रैबाट मत विचलन भएको आशंकाले नेकपाको आन्तरिक एकता र अनुशासनमाथि प्रश्न उठाएको छ। अब आउने विस्तृत रिपोर्टका आधारमा पार्टीले संगठन सुदृढीकरण र अनुशासन कायम गर्ने दिशामा कडा कदम चाल्ने संकेत दिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ चैत्र ६, शुक्रबार १८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP