logo
  • २०८३ बैशाख ५ | Sat, 18 Apr 2026
  • सीमामा १०० रुपैयाँसम्मको सामानमा कडाइप्रति जसपा नेपालको आपत्ति, निर्णय फिर्ता लिन माग

    सीमामा १०० रुपैयाँसम्मको सामानमा कडाइप्रति जसपा नेपालको आपत्ति, निर्णय फिर्ता लिन माग

    जनता समाजवादी पार्टी, नेपाल ले नेपाल–भारत सीमामा १०० रुपैयाँसम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाउने सरकारी व्यवस्थाप्रति आपत्ति जनाएको छ। पार्टीले उक्त प्रावधानले तराई–मधेशका नागरिकको दैनन्दिन जीवनमा प्रत्यक्ष असर पार्ने भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेको छ।
    पार्टीको केन्द्रीय कार्यालय, बालकुमारीबाट जारी प्रेस विज्ञप्तिमा नेपाल र भारतबीचको सम्बन्ध परम्परागत, सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपमा गहिरो रहेको उल्लेख गरिएको छ। विशेषगरी तराई–मधेश क्षेत्र ऐतिहासिक रूपमा भारतसँग अन्तरसम्बन्धित रहेको भन्दै सीमामा कडाइ गर्ने निर्णयले जनजीवन प्रभावित हुने जनाइएको छ।
    विज्ञप्तिमा हाल नेपाल सरकारले लागू गरेको १०० रुपैयाँसम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाइने व्यवस्था “अव्यवहारिक र जनविरोधी” भएको टिप्पणी गरिएको छ। भारतसँग सडकमार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई लक्षित गरेर ल्याइएको यस्तो निर्णयले दैनिक उपभोगका सामग्री खरिद–बिक्रीमा कठिनाइ उत्पन्न गर्ने उल्लेख छ।


    त्यस्तै, पार्टीले यस्तो नीतिले सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धमा समेत असर पार्ने दाबी गरेको छ। सीमावर्ती क्षेत्रका नागरिकको दैनन्दिन जीवनयापनसँग प्रत्यक्ष जोडिएका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै जसपाले तत्काल उक्त व्यवस्था खारेज गरी पहिलेकै अवस्थालाई कायम गर्न माग गरेको छ।
    विज्ञप्तिमा हस्ताक्षरकर्ता महेश ठाकुर ले सरकारलाई जनजीवन प्रभावित गर्ने निर्णयहरू सच्याउन आग्रह गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८३ बैशाख ५, शनिबार १८:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP