logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • रकम अभावले लोककल्याणकारी विज्ञापन रोकियो, सिरहा हुलाकले बिल नबनाउन पत्रपत्रिकालाई निर्देशन

    रकम अभावले लोककल्याणकारी विज्ञापन रोकियो, सिरहा हुलाकले बिल नबनाउन पत्रपत्रिकालाई निर्देशन

    सिरहा,
    जिल्ला हुलाक कार्यालय, सिरहाले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकमा लोककल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी भुक्तानी गर्न रकम अभाव भएको जनाउँदै सम्बन्धित पत्रपत्रिकालाई बिल जारी नगर्न अनुरोध गरेको छ।
    हुलाक सेवा विभागअन्तर्गत हुलाक निर्देशनालय, धनुषा, जनकपुरधाममार्फत प्राप्त पत्रका आधारमा विज्ञापन बोर्ड, बबरमहल, काठमाडौंको प.सं. २०८२/८३, च.नं. ४५६ (मिति २०८२/१२/२७) तथा मिति २०८३/०१/१० को पत्र अनुसार उक्त निर्णय गरिएको जनाइएको छ।


    कार्यालयले जारी गरेको सूचनामा भनिएको छ कि चौथो त्रैमासिकमा लोककल्याणकारी विज्ञापन प्रकाशन वापतको रकम अभाव भएकाले हालका लागि विज्ञापनको बिल जारी नगर्न र नगराउन अनुरोध गरिएको हो। साथै, आफ्ना कार्यक्षेत्रभित्रका पत्रपत्रिकालाई यसबारे जानकारी गराउन समेत आग्रह गरिएको छ।
    कार्यालयका हुलाक अधिकृत रामकिशोर महतोद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सरोकारवालाहरूलाई यस विषयमा आवश्यक जानकारी लिन र सोहीअनुसार व्यवहार मिलाउन अनुरोध गरिएको छ।
    यो निर्णयले स्थानीय तथा क्षेत्रीय सञ्चारमाध्यममा प्रत्यक्ष असर पार्ने देखिएको छ। विशेषगरी सरकारी लोककल्याणकारी विज्ञापनमा निर्भर साना तथा मध्यमस्तरका मिडियाहरू आर्थिक दबाबमा पर्ने सम्भावना बढेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८३ बैशाख १४, सोमबार १५:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP