भारतको बिहार राज्यमा आज दोस्रो चरणको मतदान भइरहेको छ। पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा बिहानैदेखि मतदान सुरु भएको छ।
यस चरणमा एक हजार ३०२ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचनमा तीन करोड ७० लाखभन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्। तीमध्ये एक करोड ७४ लाख महिला मतदाता छन्। आयोगका अनुसार ४५ हजार ३९९ मतदान केन्द्र तोकिएका छन्।
नेपालसँग जोडिएका सीमा नाकाहरू चुनावका कारण आजका लागि बन्द गरिएका छन्। पहिलो चरणमा नोभेम्बर ६ का दिन १८ जिल्लाका १२१ क्षेत्रमा मतदान सम्पन्न भएको थियो, जसमा ६५.०८ प्रतिशत मतदाताले सहभागिता जनाएका थिए।
प्रतिक्रिया