logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • प्रचण्डलाई ‘पूर्व अध्यक्ष’ सम्बोधन गर्दै रहबर अन्सारीले त्यागे पार्टी

    प्रचण्डलाई ‘पूर्व अध्यक्ष’ सम्बोधन गर्दै रहबर अन्सारीले त्यागे पार्टी

    माओवादी केन्द्रबाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित रहबर अन्सारीले बिहीबार पार्टी परित्याग गरेका छन्।
    रातो अक्षरमा लेखिएका इन्कलाबका पंक्तिहरु स्मरण गराउँदै अन्सारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै माओवादी छाडेको घोषणा गरेका हुन्। उनले प्रचण्डलाई ‘माओवादी केन्द्रका पूर्व अध्यक्ष’ भनेर सम्बोधन गरेका छन्, जसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ।
    अन्सारीको यो निर्णय प्रचण्डले केही महिनाअघि माधव कुमार नेपालसहितका नेतासँग मिलेर पार्टीको नाम परिवर्तन गरेपछि आएको हो। उनले माओवादी आन्दोलनको मूल आत्मा, जनयुद्धका बलिदान र परिवर्तनको सपना सत्ताकेन्द्रित राजनीतिमा सिमित हुँदै गएको आरोप लगाएका छन्।
    पार्टी परित्यागको घोषणा पत्रमा अन्सारीले बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तनको नाममा अन्ततः सत्ता र सुविधा रोज्ने प्रवृत्ति, अवसरवादी समूह तथा वास्तविक शहीदहरूलाई दिएका छन्। यसले माओवादी आन्दोलनभित्रको वैचारिक विचलन र असन्तुष्टिलाई उजागर गर्ने संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
    मधेश प्रदेशबाट माओवादी केन्द्रको तर्फबाट निर्वाचित अन्सारी पछिल्लो समय पार्टी नेतृत्वको राजनीतिक लाइनप्रति असन्तुष्ट देखिँदै आएका थिए।
    अन्सारीले अबको राजनीतिक यात्रा के हुने भन्नेबारे भने स्पष्ट खुलाएका छैनन्। यद्यपि, उनको यो कदमलाई माओवादी आन्दोलनको मूल धारबाट टाढिँदै गएको नेतृत्वप्रतिको गम्भीर असहमतिको रुपमा हेरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ पुष २४, बिहीबार १६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP