logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ

    पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ

    पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
    सीआईबीले जारी गरेको विज्ञप्तिमा महरालाई भेपमार्फत सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरिएको पुष्टि गरिएको छ। ब्युरोका अनुसार २०७९ पुस १० गते फ्लाई दुबईको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत गरिएका ७३० थान इलेक्ट्रोनिक सिगरेट (भेप) भित्र लुकेको सुन बिक्री गरी आपराधिक समूहले संगठित रूपमा आर्थिक लाभ लिएको पाइएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएको उक्त सुन (जसको मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबर) भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायतको संलग्नतामा बिक्री गरिएको र त्यसमा अनियमितता भएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीको दाबी छ।
    महरा यसअघि पनि सोही प्रकरणमा संलग्नता रहेको आरोपमा २०८० चैतमा पक्राउ परेका थिए। केही दिनअघि मात्रै उनलाई प्रहरीले बयानका लागि पनि बोलाएको थियो। हाल उनलाई थप अनुसन्धानका लागि सीआईबीको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ आश्विन २६, आईतवार १७:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP