पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो।
प्रहरीका अनुसार ओलीको स्वास्थ्य अवस्था जटिल रहेकाले उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत थिए। अब उनको स्वास्थ्य अवस्थाअनुसार थप निर्णय चिकित्सकले गर्ने जनाइएको छ।
ओलीलाई ‘जेनजी आन्दोलन’मा दमन गरेको आरोपमा प्रहरीले चैत १४ गते भक्तपुरको गुण्डुस्थित निजी निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
यसबीच, उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्।
उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ गते बेलुका ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान चैत २६ गतेभित्र टुंग्याउन आदेश दिएको थियो।
प्रहरीले नियन्त्रणमुक्त गरेपछि उनलाई लिन उनकी पत्नी राधिका शाक्य शिक्षण अस्पताल पुगेकी छन्।
प्रतिक्रिया