सम्पादकीय:
खड्गप्रसाद शर्मा ओलीको सरकार र खसवादी पहाडी शासकहरूले मधेसलाई कहिल्यै मन पराएका छैनन् र पराउने पनि छैनन्। तिनीहरूको एकमात्र सपना छ, नेपाललाई मधेसमुक्त बनाउने। यही कारणले मधेसको रगत, पसिना र बलिदानलाई पैताला मुनि किचेर, मधेसी नेताहरूलाई लोभ–लालचमा पारेर, दास बनाउन खोजिएको छ।
तर लाज त कहाँ हो? सत्ताको लोभमा मधेसी दलका नेताहरू आँखा बन्द गरेर खसवादी शासकको ओछ्यानमा पल्टिरहेका छन्। आफ्नो इतिहास बेचिरहेका छन्। आफ्नो जनताको विश्वास जलाइरहेका छन्। संघीयताको जननी मधेसलाई नै सत्ताको बजारमा सौदाबाजी गर्दैछन्।
यो लाज मात्र होइन, यो अपराध हो। अपराध जसको सजाय मधेसले दिनेछ।
अझ पनि समय छ। ओलीको सरकारलाई दिएको समर्थन तुरुन्तै फिर्ता लिनुहोस्। एक ठाउँमा भेला भएर जनतालाई माफी माग्दै, मधेस मुक्तिको नयाँ विद्रोह घोषणा गर्नुहोस्। यही बाटो मात्र मुक्ति हो।
नत्र, आज उपेन्द्र यादवलाई जसरी राजनीतिक मृत्युदण्ड दिइँदैछ, भोलि महन्थ ठाकुर, सीके राउत, राजेन्द्र महतो सबैको हविगत त्यही हुनेछ।
मधेसलाई बेच्ने नेताहरूलाई अन्ततः मधेसकै जनताले कालकोठरीमा थुनिदिनेछन्। र यो चेतावनी हो, मधेसलाई धोका दिनेहरूलाई मधेसले कहिल्यै माफ गर्ने छैन।
प्रतिक्रिया