जिल्ला प्रशासन कार्यालय सिरहाले राहदानी सेवामा नयाँ व्यवस्था लागू गरेको छ। सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले अब राहदानी घरमै पुग्ने व्यवस्था सुरु गरिएको हो।
कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत यो सेवा कार्यान्वयनमा ल्याइएको हो।
यस व्यवस्था अनुसार चैत २३ गतेदेखि राहदानीका लागि आवेदन दिएका सेवाग्राहीहरूको राहदानी ‘Government courier service’ मार्फत हुलाकबाट घर–घरमै पु¥याइनेछ। यसअघि सेवाग्राहीले स्वयं कार्यालयमा उपस्थित भई राहदानी बुझ्नुपर्ने व्यवस्था थियो।

कार्यालयले राहदानी वितरण प्रक्रियालाई थप सहज, छिटो र सेवामैत्री बनाउन यो कदम चालिएको जनाएको छ। साथै, आवेदन दिएका सेवाग्राहीहरूले अब राहदानी लिन कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति पाउने अपेक्षा गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै सेवाग्राहीलाई यसबारे जानकारी गराउँदै नयाँ व्यवस्थाअनुसार सेवा लिन अनुरोध गरेको छ।
प्रतिक्रिया