जेनजीको आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । विद्यालहरू पनि खोल्ने भएका छन्।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ । क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ । आन्दोलनका कारण केही दिन रोकिएका विद्यालयहरू पनि अब खोल्न तयारी छ ।
प्रतिक्रिया