logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक

    बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक

    प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारका प्राथमिकता र आगामी कार्यदिशा स्पष्ट पार्ने गरी निर्णयहरू गरेको हो।
    बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल लाई सरकारका प्रवक्ताका रूपमा नियुक्त गर्ने निर्णय गरेको छ। अब सरकारका आधिकारिक धारणा र निर्णयहरू सार्वजनिक गर्ने जिम्मेवारी उनैले सम्हाल्नेछन्।
    त्यसैगरी, गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ लगायत विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान र श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरिएको छ। सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको योगदानलाई उच्च मूल्यांकन गर्ने संकेत दिएको छ।
    बैठकले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै ‘१०० कार्यसूची’ स्वीकृत गरेको छ। उक्त कार्यसूची भोलिसम्म सार्वजनिक गरिने जनाइएको छ, जसमा प्रशासनिक सुधारदेखि सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयहरू समेटिने अपेक्षा गरिएको छ।
    यसैबीच, भदौ २३ र २४ को प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गौरीबहादुर कार्की को अध्यक्षतामा गठित आयोगले सरकारलाई बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ। आयोगले सिफारिस गरेका सुरक्षा निकायसम्बन्धी विषयमा थप अध्ययन गर्न समिति गठन गरिनेछ भने अन्य सिफारिसहरू सम्बन्धित निकायमार्फत तुरुन्त कार्यान्वयन गरिने बताइएको छ।
    सरकारको पहिलो बैठकबाट आएका यी निर्णयहरूले सुधार, जवाफदेहिता र आन्दोलनप्रतिको संवेदनशीलता देखाउने प्रयास गरिएको विश्लेषण गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ चैत्र १३, शुक्रबार १७:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP