अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि डा. संगीता कौशल मिश्राको नाम सिफारिस गरेकी थिइन्। तर, विवादास्पद विगत सार्वजनिक भएपछि उनलाई शपथ ग्रहणमा रोक लगाइएको छ।
आइतबार साँझ प्रधानमन्त्री कार्कीले मिश्राको नाम राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएकी थिइन्। तर, तत्कालै फाइल फिर्ता मगाउँदै मिश्राको नियुक्ति रोकिन पुगेको हो।
सिफारिससम्म हुने तर अन्तिम घडीमा शपथ नै रोक्ने यस्तो कदमले मधेसी समुदायलाई अपमानित बनाएको टिप्पणी भइरहेको छ। मधेसका सरोकारवालाहरूले यस्तो व्यवहारले समुदायकै बदनामी भएको बताएका छन्।
“सिफारिस गरेर जनतालाई देखाउने अनि तुरुन्तै फिर्ता लिने प्रथाले समुदायलाई झन् कमजोर देखाउने प्रयास भएको छ,” मधेसका एक नागरिक अगुवाले भने। महाअभियोग लागेको मान्छे प्रधानमन्त्री, मुद्दा लागेकाहरू मन्त्री तर मधेसी भएकै कारण अख्तियारमा चल्दै गरेको मुद्दालाई बहाना बनाई उनलाई रोकिनु दुर्भाग्य हो।
यस घटनाले प्रधानमन्त्रीको निर्णय प्रक्रियामाथि समेत प्रश्न उठाएको छ। मिश्रामाथि सिफारिस गर्ने निर्णय भए पनि शपथ ग्रहणमा रोक लगाउनु अस्वाभाविक भएको भन्दै मधेसमा आलोचना चर्किएको छ
प्रतिक्रिया