logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • चुनावमा नजाने ओलीको घोषणा

    चुनावमा नजाने ओलीको घोषणा

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा निर्धारित निर्वाचनमा सहभागी नहुने बताएका छन्। पार्टीको केन्द्रीय कमिटी बैठकको समापन सत्रमा सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्।

    गत बुधबारदेखि सुरु भएको बैठक आज (शुक्रबार) ओलीको समापन मन्तव्यसँगै सकिएको हो। बैठकको अन्त्यमा उनले निर्वाचनमा नजाने निर्णय सार्वजनिक गरेपछि केही समय बैठक हलमा तनाबपूर्ण वातावरण बनेको थियो।

    ओलीको भनाइप्रति उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले असहमति जनाएका थिए। उनीहरूले ओलीको निर्णयको विरोध गर्दै फरक धारणा राखेपछि बैठकमा केहीबेर हल्लाखल्ला भएको सहभागीहरूले बताएका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ आश्विन ३१, शुक्रबार १८:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP