logo
  • २०८३ बैशाख ५ | Sat, 18 Apr 2026
  • अनधिकृत कार्यक्रमप्रति एनआरएनए अमेरिका सचेत, मन्त्री गुप्तालाई निम्तो नदिएको दाबी

    अनधिकृत कार्यक्रमप्रति एनआरएनए अमेरिका सचेत, मन्त्री गुप्तालाई निम्तो नदिएको दाबी

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा हुने कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको स्पष्ट पारेको छ।
    एनआरएनए अमेरिकाले जारी गरेको विज्ञप्तिमा संघको तर्फबाट कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई निम्तो नदिइएको प्रस्ट उल्लेख गरिएको छ।
    विज्ञप्तिमा एनआरएनए अमेरिकाको नाम प्रयोग गरी अनधिकृत कार्यक्रम सञ्चालन भइरहेको तथा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरूमा केही व्यक्ति वा समूह संलग्न रहेको विश्वसनीय जानकारी प्राप्त भएको जनाइएको छ। यस्ता गतिविधिहरू संस्थाको जानकारी, स्वीकृति वा आधिकारिक निर्णय बिना संघको नाम र वेबसाइटको दुरुपयोग गरेर सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ।
    एनआरएनए अमेरिका संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएको उल्लेख गर्दै संस्थाको नाम, इएनआइ (EIN) तथा डिजिटल पहिचानको दुरुपयोगले गम्भीर कानुनी, आर्थिक र प्रतिष्ठासम्बन्धी जोखिम निम्त्याउने भन्दै यस विषयलाई अत्यन्त संवेदनशील र गम्भीर रूपमा लिइएको जनाएको छ।


    संस्थासँग असम्बन्धित गतिविधिहरू एनआरएनए अमेरिकासँग जोडिएमा कानुनी जिम्मेवारीसमेत उत्पन्न हुन सक्ने भएकाले स्पष्ट धारणा सार्वजनिक गर्न बाध्य भएको विज्ञप्तिमा भनिएको छ।
    एनआरएनए अमेरिकाले अनधिकृत गतिविधिहरूप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि संस्थाका मान्य तथा आधिकारिक माध्यमहरूमा मात्र भर पर्न सबैलाई अनुरोधसमेत गरेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ पुष २५, शुक्रबार ०९:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP