सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन सरकार तथा सरोकारवालाहरूका नाममा अन्तरिम आदेश जारी गरेको छ।
शैक्षिक सत्र सुरु हुनुअघि नै केही विद्यालयहरूले विद्यार्थी भर्ना गरिरहेको भन्दै दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो। रिटमा सत्र सुरु नहुँदै प्रवेश परीक्षा र प्रतिस्पर्धात्मक प्रक्रियाको नाममा सूचना प्रकाशित गरी भर्ना लिने कार्य भइरहेको उल्लेख गरिएको थियो।
अदालतले शिक्षा नियमावलीको प्रतिकूल हुने कुनै पनि कामकारबाही नगर्न सरकार तथा सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको छ। यस आदेशसँगै अब शैक्षिक सत्र अघि हुने भर्ना प्रक्रिया तत्कालका लागि रोकिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया