logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • एमसीसी खारेजीको माग गर्दै संसदमा हर्क साम्पाङको कडा अभिव्यक्ति

    एमसीसी खारेजीको माग गर्दै संसदमा हर्क साम्पाङको कडा अभिव्यक्ति

    श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्।
    प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी राष्ट्रहितविपरीत भएको दाबी गर्दै तत्काल खारेज गर्न सरकारसँग आग्रह गरे। उनले विदेशी सहायता परियोजनाका नाममा मुलुकको स्वाधीनतामा असर पर्ने खालका सम्झौताहरू स्वीकार्य नहुने स्पष्ट पारे।
    साम्पाङले संसदमार्फत जनताको भावना व्यक्त गर्दै यस्तो विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनले राष्ट्रिय हित, स्वाभिमान र सार्वभौमिकताको रक्षा पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए।
    उनको यो अभिव्यक्तिपछि संसदमा एमसीसीसम्बन्धी बहस थप चर्किने संकेत देखिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ चैत्र १९, बिहीबार १५:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP