logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • नेकपा-जसपा एकता वार्ता निर्णायक चरणमा, भोलिको बैठकले टुंगो लगाउने संकेत

    नेकपा-जसपा एकता वार्ता निर्णायक चरणमा, भोलिको बैठकले टुंगो लगाउने संकेत

    नेपाली कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीचको एकता प्रक्रिया थप गति लिएको छ। दुवै पक्षका प्रतिनिधिहरूबीच पछिल्ला दिनमा भएको संवादले सकारात्मक वातावरण बनाएको छ।

    बुधबार भएको छलफलमा दुबै पार्टीका शीर्ष र कार्यदलका सदस्यहरू सहभागी थिए। सहभागीहरूका अनुसार मुख्य विषयहरूमा समान बुझाइ बनेको छ र बाँकी प्राविधिक पक्ष मिलाएर चाँडै निष्कर्षमा पुग्ने सहमति भएको छ।

    नेकपाका वार्ता टोलीका एक सदस्यले भोलि पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा निर्णायक वार्ता हुने जानकारी दिएका छन्। नेतृत्व संरचना, संगठनको स्वरूप र कार्यदिशाजस्ता मुख्य एजेन्डामा प्रगति भएर भोलिको बैठकले अन्तिम मोड दिने अपेक्षा गरिएको छ।

    यसैबीच जसपा भित्र पनि एकता सम्बन्धी बहस तीव्र छ। जसपाका केही नेताहरू नेकपासँग एकता गर्नु उपयुक्त मानिरहेका छन् भने अरू एक समूह मधेशवादी शक्तिसँग समन्वय र एकता नै दीर्घकालीन रणनीति हुने तर्क गर्दै आएका छन्। आन्तरिक बहसका यी धारहरूबीच पनि शीर्ष नेतृत्व भने नेकपासँगको वार्तालाई प्राथमिकतासहित अघि बढाइरहेको छ।

    यी संकेतहरूले दुबै पक्षबीचको एकता अब औपचारिक नतिजातर्फ नजिकिँदै गएको देखिन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ मंसिर ३, बुधबार १९:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP