सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा शंकास्पद वस्तु विस्फोट हुँदा एक कर्मचारी घाइते भएका छन्।
घाइते हुनेमा सिरहा नगरपालिका–१ का सौरभ यादव रहेका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कार्यालयभित्र राखिएको शंकास्पद वस्तु अचानक विस्फोट भएको हो। विस्फोटका कारण कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको छ।
घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया