logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • रामवृक्ष यादवको स्मृति दिवस : गोलबजार र सुखीपुरमा छुट्टाछुट्टै कार्यक्रम

    रामवृक्ष यादवको स्मृति दिवस : गोलबजार र सुखीपुरमा छुट्टाछुट्टै कार्यक्रम

    सिरहा ।
    महान सहिद रामवृक्ष यादवको ३१औं पुण्य तिथिमा पनि सिरहाका माओवादी नेताहरूले राजनीतिक गुटबन्दीलाई निरन्तरता दिएका छन्। एउटै सहिदको नाममा दुई कार्यक्रम छुट्टाछुट्टै गरेर स्मृति दिवसलाई राजनीतिक मञ्चमा रूपान्तरण गरेको देखिन्छ।नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री विश्वनाथ साहको समूहले गोलबजारमा स्मृति कार्यक्रम गरेको थियो भने केन्द्रीय सदस्य जगतप्रसाद यादवको समूहले सुखीपुरमा कार्यक्रम आयोजना गर्‍यो।
    जनताको अधिकार र पहिचानका लागि आफ्नै ज्यान अर्पण गरेका सहिद रामवृक्ष यादवलाई सम्झनु पर्ने दिनमै नेताहरूबीचको फुट झनै प्रष्ट देखिएको कार्यकर्ताहरू बताउँछन्।

    माओवादी नेताहरूको स्वार्थ, गुटबन्दी र नेतृत्वको होडबाजीले नै आन्दोलनको सपना चकनाचुर भएको हो, एक कार्यकर्ताले आक्रोश पोख्दै भने, “सहिदको नाममा राजनीति गर्नुभन्दा उनको धोको पूरा गर्ने सोच विकास गर्न सके मात्र परिवर्तन सम्भव छ।
    गोलबजारको कार्यक्रममा स्थायी समिति सदस्य साहसहित केन्द्रीय सदस्य तथा सिराहा जिल्ला इन्चार्ज अजय शंकर नायक, महेन्द्र पासवान, दिलिप साह, हरिनारायण चौधरीलगायत सहभागी थिए। उता सुखीपुरमा केन्द्रीय सदस्य जगतप्रसाद यादव, जीवछ यादव, श्रवण यादवलगायतको उपस्थिति रहेको थियो।
    राजनीतिक विश्लेषकहरूको भनाइमा, सिरहामा माओवादी गुटबन्दीले पार्टीको साख गिराएको छ र आन्दोलनमा जीवन अर्पण गरेका सहिदहरूको सपना पूरा गर्ने बाटो झनै टाढा पारेको छ। स्मृति दिवसलाई समेत गुटगत प्रतिस्पर्धाको रंगमञ्च बनाउनुले दुवै पक्षलाई लज्जाजनक स्थिति सिर्जना भएको टिप्पणी गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0



    संजय यादव    
  • २०८२ भाद्र ३, मंगलवार ०९:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP