logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • जग्गा अतिक्रमण विवादमा धनुषामा झडप, ८ घाइते, सडक अवरुद्ध

    जग्गा अतिक्रमण विवादमा धनुषामा झडप, ८ घाइते, सडक अवरुद्ध

    धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा आठ जना घाइते भएका छन्। घटना मिथिला नगरपालिका–२ अन्तर्गत सुकजोरमा रहेको सन्त रामपाल आश्रम अगाडि भएको हो।
    प्रहरीका अनुसार झडपमा घाइते हुने सबै स्थानीय बासिन्दा हुन्। अवस्था तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए। धनुषा प्रहरीका अनुसार नेपाल प्रहरीले सात र सशस्त्र प्रहरीले नौ गरी कुल १६ सेल अश्रुग्यास प्रयोग गरिएको हो।
    घटनापछि आक्रोशित स्थानीयले जनकपुर–ढल्के सडक खण्ड अवरुद्ध गरेका छन्। त्यस्तै, सखुबा महेन्द्रनगरतर्फको औरही पुल नजिकै एक एम्बुलेन्समाथि तोडफोडसमेत गरिएको छ।
    हाल घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने थप अप्रिय घटना हुन नदिन प्रहरी निगरानी बढाइएको छ। स्थिति क्रमशः सामान्य बनाउने प्रयास भइरहेको धनुषा प्रहरीले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ पुष २६, शनिबार १५:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP