logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • सरकारले जेनजी आन्दोलनका ४५ जना मृतकलाई शहीद घोषणा गर्‍यो(नामावली सहित)

    सरकारले जेनजी आन्दोलनका ४५ जना मृतकलाई शहीद घोषणा गर्‍यो(नामावली सहित)

    राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका मागसहित भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ।

    गृह मन्त्रालय स्रोतका अनुसार, मन्त्रालयले गठित अध्ययन समिति, सुरक्षा निकायहरू र जिल्ला प्रशासन कार्यालयहरूबाट प्राप्त प्रतिवेदनका आधारमा उनीहरूलाई शहीदका रूपमा मान्यता दिने निर्णय गरेको हो।

    गत भदौ २३ र २४ गते देशभर भएका विरोध प्रदर्शनका क्रममा काठमाडौंसहित विभिन्न स्थानमा ४५ जनाको मृत्यु भएको थियो। ती सबैलाई अब राज्यको तर्फबाट आधिकारिक रूपमा शहीदको सूचीमा सूचीकृत गरिने गृह मन्त्रालयले जनाएको छ।

    सरकारले शहीद घोषित व्यक्तिहरूका परिवारलाई क्षतिपूर्ति र अन्य सुविधा प्रदान गर्ने सम्बन्धमा छुट्टै कार्यविधि तयार गर्ने तयारी गरेको बताइएको छ।

    क्र.सं. नाम, थर ठेगाना
    बुद्धिबहादुर तामाङ किर्तिपुर-२ काठमाडौं
    सन्तोष बिश्वकर्मा बेलका-४ उदयपुर
    सुलभ राज श्रेष्ठ नेपालगञ्ज-१ बाँके
    श्रीयम चौलागाई बेलबारी-११ मोरङ
    ईस्वत बहादुर अधिकारी कामपा-११ काठमाडौं
    आयुष थापा नेपालगन्ज-१ बाँके
    गौरब जोशी धनगढी-५ कैलाली
    योग बहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक
    माधव सारू मगर भूमिकास्थान-४ अर्घाखाँची
    १० बिमल बाबु भट्ट बारपाक सुलिकोट-५ गोरखा
    ११ असहाव आलम ठकुराई विरगंज-१२ पर्सा
    १२ सौरन किशोर श्रेष्ठ बाग्लुङ-४ बाग्लुङ
    १३ सुभाष कुमार बोहरा खप्तडछान्ना-७ बझाङ
    १४ रसिक खतिवडा खत्री पनौति-१० काभ्रे
    १५ बिनोद महर्जन ललितपुर-७ ललितपुर
    १६ दिल नारायण तामाङ तिमाल-७ काभ्रे
    १७ योगेन्द्र न्यौपाने गोलान्जोर-१ सिन्धुली
    १८ अभिषेक श्रेष्ठ इनरुवा नपा-६ सुनसरी
    १९ मोहन सरदार इटहरी-१४ सुनसरी
    २० छत्रमान कुथुमी पाख्रिबास-२ धनकुटा
    २१ ओझन बुढा स्वामिकार्तिक खापर-२ बाजुरा
    २२ साजन राई धरान-२२ सुनसरी
    २३ अनिश पराजुली पालुङटार-३ गोरखा
    २४ सारकुमार राई चौदन्डीगढी-३ उदयपुर
    २५ अर्जुन भट्ट गण्डकी-४ गोर्खा
    २६ धिरज श्रेष्ठ तादी-३ नुवाकोट
    २७ देव कुमार सुवेदी लालबन्दी-५ सर्लाही
    २८ उमेश महत चौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक
    २९ प्रविण कुलुङ सिलिचुङ-३ संखुवासभा
    ३० निखिता गौतम कालिका-८ चितवन
    ३१ अभिषेक चौलागाई शैलुङ-४ दोलखा
    ३२ बिजय चौधरी लहान-१५ सिरहा
    ३३ भिम राज धामी दुर्गाथली-१ बझाङ
    ३४ निरज पन्त दशरथ-६ बैतडी
    ३५ दीपक सिंह साउद शिवनाथ-२ बैतडी
    ३६ शुभराज बलामी श्रेष्ठ ककनी-१ नुवाकोट
    ३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११ झापा
    ३८ दिनेश राजवंशी अर्जुनधारा-ड झापा
    ३९ कमल भण्डारी हिलिहाङ-२ पाँचथर
    ४० दिपेश सुनुवार तिनपाटन-६ सिन्धुली
    ४१ महेश बुढाथोकी विगु-३ दोलखा
    ४२ लच्छुमान राई पञ्चकन्या-२ नुवाकोट
    ४३ मिलन राय दुधौली-८ सिन्धुली
    ४४ अमृत गुरुङ रुपा-५ कास्की
    ४५ उत्तम थापा लेकाम-३ दार्चुला
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ कार्तिक १७, सोमबार १७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP