सरकारमा चार जना नयाँ मन्त्री थपिने पक्का भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्तालाई मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय गरिएको छ।
स्रोतका अनुसार डा. गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनारलाई श्रम तथा रोजगार मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।
प्रधानमन्त्री कार्कीले उनीहरूको नामावली राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन्। राष्ट्रपति कार्यालयले मन्त्रीहरूको शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ।
स्रोतका भनाइअनुसार, चार जना मन्त्रीको नाम सिफारिस भइसकेको छ, आजै शपथ ग्रहण हुनेछ।
प्रतिक्रिया