धर्म र आस्थाको नाममा हुने बलिप्रथा आज पनि हाम्रो समाजमा गहिरो जरा गाडेर बसेको छ। एक्काइसौँ शताब्दीमा आइपुग्दा पनि अबोध पशुको घाँटी रेटेर देवीदेवतालाई खुसी पार्ने सोच बाँचिरहनु केवल अन्धविश्वासको उपज हो। सभ्यता, शिक्षा र चेतनाको विस्तार भएको भनिने हाम्रो समाजमा यस्तो क्रूर अभ्यास अझै कायम हुनु दुःखद मात्रै होइन, मानव सभ्यताको लागि कलंक पनि हो। धर्मको नाउँमा बलिप्रथालाई निस्तेज पारिनु राज्य प्रशासनको पनि दायित्व हो ।
एक्काइसौँ शताब्दीमा पनि बलिप्रथा जस्तो बर्बर र अमानवीय कुसंस्कृति हाम्रो समाजमा विद्यमान रहनुको मुख्य कारण अन्धविश्वास हो।
धर्मसँग पशुबलि जोड्नुमा न कुनै तुक छ न त कुनै तर्क नै । वास्तवमा बलिप्रथा मानवीय सभ्यताको कलंक नै हो। बलि दिनु अपराध हो। धर्मको मूल्यसँग पशुबलिको कुनै सम्बन्ध नै छैन ।
धर्मको नाउँमा बलिप्रथालाई निस्तेज पारिनु राज्य प्रशासनको पनि दायित्व हो । कुनै पनि मन्ठ, मन्दिर आदि धार्मिक क्षेत्र हिंसामुक्त शान्ति क्षेत्र भनी घोषणा गर्नुपर्दछ ।
अबोध पशुको घाँटी रेटेर रगत चढाउँदा देवी देवता खुशी हुन्छन् भन्ने भ्रम हामी जनमानसले आफ्नो मन मस्तिष्कमा पालिरहेका छन् । बलि प्रथा जस्तो कुप्रथाको मूल जड नै यही हो। 
के देवी देवताहरू रगतका प्यासी हुन्छन् ? के उनीहरु बलि माग्छन् ? रगत चाहन्छन् ? कदापि पनि होइनन् ।
पशुबलि तथा कुप्रथाको विरुद्ध आजको सभ्य समाजले पुनर्मूल्यांकन गरेर अगाडि बढ्ने कि नबढ्ने ? धर्मको नाउँमा गरिने त्यो बलिप्रथा वा पशु हिंसालाई रोक्ने वा बन्द गर्ने बहस चल्नु आवश्यक छ । के पशुअधिकार छैन ? पशु अधिकारवादीहरूको केही भूमिका छैन ? आखिर उनीहरु किन मौन होलान् ?
प्रतिक्रिया