logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • मधेस प्रदेशका सभामुख मण्डल दुई तिहाइ मतले पदमुक्त

    मधेस प्रदेशका सभामुख मण्डल दुई तिहाइ मतले पदमुक्त

    मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल अब पदमा नरहने भएका छन्। प्रदेश सभामा दर्ता भएको ‘पद अनुकूल आचरण नगरेको’ प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएपछि उनी स्वचालित रूपमा पदमुक्त भएका हुन्।

    बुधबार पुनः सुरु गरिएको प्रदेश सभा बैठकमा प्रस्ताव मतदानका लागि प्रस्तुत गरिएको थियो। उपसभामुख बबिताकुमार राउत ईशरले मतदान परिणाम सार्वजनिक गर्दै मण्डल पदमुक्त भएको घोषणा गरिन्। उनका अनुसार ७८ सांसद उपस्थित बैठकमा ७६ जनाले प्रस्तावको पक्षमा मत दिएका थिए।

    मण्डलविरुद्धको प्रस्ताव गत २७ कात्तिकमा सात दलिय गठबन्धनका ६४ सांसदले दर्ता गराएका थिए। उपसभामुख ईशरको निर्देशनमा आजको बैठक छलफलका लागि तोकिएको थियो।

    छलफलका क्रममा नेपाली कांग्रेस, लोसपा, जसपा नेपाल र एकीकृत समाजवादीका सांसदहरूले क्रमशः धारणा राखे। सभामुखका काम–कारबाही नियमविपरीत र पदको गरिमाविरुद्ध रहेको भन्दै उनीहरू प्रस्ताव पारित गर्न एकमत देखिए।

    यसबीच नेकपा एमालेबाट सुरुको बैठकमा एकजना सांसद मात्रै उपस्थित भए पनि, बैठक स्थगित भएर पुनः बसेपछि एमालेका कुनै सांसद फर्किएनन्।

    दुई तिहाइ बहुमतको मत विभाजनसहित प्रस्ताव पारित भएपछि मण्डलको कार्यकाल आजैदेखि अन्त्य भएको प्रदेश सभाले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ मंसिर ३, बुधबार १८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP