logo
  • २०८३ बैशाख ६ | Sun, 19 Apr 2026
  • मधेसका मुख्यमन्त्री सोनल आज विश्वासको मत लिँदै

    मधेसका मुख्यमन्त्री सोनल आज विश्वासको मत लिँदै

    मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले आज प्रदेशसभा बैठकमार्फत विश्वासको मत लिने भएका छन्। उनले नेपालको संविधानको धारा १६८(४) अनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन्।

    पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि गत असोज २९ गते पाँच दलको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए। उनका पक्षमा प्रारम्भिक रूपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी थिए।

    पछिल्लो चरणमा नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले पनि समर्थन जनाएपछि सोनल सरकारलाई अहिले ५७ मतको समर्थन पुगेको छ।

    सोनल नेतृत्वको गठबन्धनमा जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति तथा नेपाल संघीय समाजवादी पार्टीका एक–एक जना सांसद छन्।

    प्रदेशसभाका दुई ठूला दल — नेपाली कांग्रेस र नेकपा एमाले — विपक्षमा रहेका छन्। उता, जनमत पार्टीका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह जनमत फुटाएर बनेको जनस्वराज पार्टीतर्फ लागिसकेका छन् र उनीहरूले आफ्नो धार खुलाएका छैनन्।

    त्यस्तै जसपा नेपालका सांसद सरोज सिंह कुशवहा निलम्बनमा रहेका कारण आजको मतदानमा सहभागी हुने छैनन्।

    आजको बैठकमा सोनलले विश्वासको मत जिते सरकारको निरन्तरता सुनिश्चित हुनेछ, अन्यथा प्रदेशमा फेरि सत्ता समीकरणको नयाँ चरण सुरु हुनेछ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ कार्तिक २२, शनिबार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP