सिरहा र धनुषा जोड्ने कमला नदी पार गर्न स्थानीयले आज पनि काठे पुल प्रयोग गर्नुपर्छ, त्यो पनि प्रतिव्यक्ति २० रुपैयाँ तिरेर। शुल्क असुलीको विरोध गर्दै स्थानीय बासिन्दाले अब निःशुल्क आवतजावतको व्यवस्था गर्न माग गरेका छन्।
स्थानीयको भनाइमा, नदी तर्ने शुल्क असुल्दा न त त्यसको स्पष्ट हिसाब–किताब देखिन्छ, न त रकम कहाँ खर्च भइरहेको हो भन्ने पारदर्शिता नै छ। उनीहरू भन्छन्, हामी आफ्नै गाउँमा आवतजावत गर्न पनि पैसा तिर्नुपर्ने अवस्था आउँछ भन्ने सोचेकै थिइनौँ।
सिरहा र धनुषा जोड्ने स्थायी पुल २०६८ सालमा निर्माण सुरु भएको थियो। तर ठेकेदार कम्पनीको लापरबाही र बाढीका कारण काम १४ वर्षदेखि अलपत्र छ। पुल नबन्दा स्थानीयहरू अस्थायी काठे पुलमै निर्भर रहँदै आएका छन्।
स्थायी पुल बन्न नसक्दा जनजीवन, व्यापार र यातायात सबै प्रभावित भएको स्थानीयको गुनासो छ। संघीय र स्थानीय दुवै तहका सरकारले पटक–पटक आश्वासन दिए पनि काम अघि नबढ्दा जनतामा असन्तोष बढ्दो छ।
प्रतिक्रिया